जर्मन फुटबल प्लेयर अफ द ईयरको अर्वाड लेवान्डोस्कीलाई
काठमाडौं । बायर्न म्यूनिखका स्ट्राइकर रोर्बट लेवान्डोस्कीलाई आईतवार जर्मन फुटबल प्लेयर अफ द ईयर घोषणा गरिएको छ । ३१ बर्षीय लेवान्डोस्की फुटबल म्यागजिनद्वारा छनौट गरिने विजेताहरुको दौडमा अगाडि रहेका थिए । पत्रकारहरूले गरेको भोटिङको आधारमा उनलाई सर्वश्रेष्ठ फुटबलरको रूपमा चयन गरिएको हो । भोटिङमा लेवान्डोस्कीले २७६ भोट पाएका थिए भने अन्य सदस्यहरुमा थोमस मुलरले ५४ र जोशुआ किमिचले ४९ भोट पाएका थिए ।
बायर्न म्यूनिखले यो बर्षमा ३ उपाधिहरु आफ्नो नाम गरेको छ । अवार्ड जितेपछि लेवान्डोस्कीले भने, “मलाई गर्व छ, हरेक बर्ष सम्भावनाहरु बढदै गएको छ, र मैले राम्रो गर्ने प्रयासहरु गरिरहेको छु ।” बायर्न म्यूनिखका लागि स्ट्राइकर रोर्बट लेवान्डोस्कीले यस बर्ष सबै प्रतिस्पर्धाहरुमा ५५ गोल गरेका छन । उनी क्लबका शिर्ष गोलकर्ता पनि हुन । लेवान्डोस्कीले बुन्देशलिगामा ३४, च्याम्पियन्स लिगमा १५ र जर्मन कपमा ६ गोल गरेका छन । बार्यनले यी तिनवटै उपाधिहरु हात पारेको छ ।
रोर्बट लेवान्डोस्की प्लेयर अफ द ईयरको सबैभन्दा मनपर्ने खेलाडी पनि बनेका छन । फिफाले कोरोना भाइरस महामारीको बावजुद पुरस्कार अवार्ड आयोजना गर्न चाहना राखेको छ । तर अहिले सम्म मिती तय भईसकेको छैन । पछिल्लो बर्ष लिवरपुलका कोच जर्गेन क्लापलाई पछाडि पार्दे सर्वश्रेष्ठ जर्मन कोचको उपाधि जितेका बार्यनका कोच हांसी फ्लिकले भने, “मलाई फिफा प्लेयर अफ इयर अवार्डका लागि लेवान्डोस्की बाहेक अन्य कुनै खेलाडीहरुको नाम आउनेछ जस्तो लागिरहेको थिएन ।”
जर्मन प्लेयर अफ द इइयरको अवार्ड जित्ने लेवान्डोस्की ४० बर्षको उमेरसम्म खेल्न चाहना रहेको बताउछन । ३२ बर्षीय लेवान्डोस्कीको बार्यन संगको सम्झौता अझै ३ बर्ष बाकि रहेको छ । त्यसपछि पनि लेवान्डोस्की निरन्तर फुटबल खेल्न चाहन्छन । के तपाई अझै एक दशक खेल्न चाहनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने, “दश बर्षसम्म त भन्न गार्हो छ तर म अझै ८ बर्षसम्म खेल्न चाहन्छु । मेरो जारी सम्भौता अन्तिम होईन । म लामो समय सम्म खेल्न चाहन्छु । म धेरै कुराहरु पाउन चाहन्छु र बार्यनले पनि म जस्तै सोचेको छ ।”
लेवान्डोस्कीले भने, “यदि कोरोनाको कारण पछिल्लो हप्ता बैलन दि ओर अवार्ड रद्व नभएको भए, म यो अर्वाडको दाबेदार थिए ।” उनले भने, “हामीले बार्यनसंगै धेरै कुराहरु जित्यौं । हरके प्रतियोगिताहरु बुन्डेशलीगा, च्याम्पियन्स लिग र जर्मन कपमा म सर्वश्रेष्ठ स्कोरर भए । मेरो बिचारमा जुन खेलाडीले यी सबै कुराहरु प्राप्त गर्छ उसले पक्कै बैलन दि ओरको अवार्ड पनि पाउछ ।”







डिसी नेपाल








Facebook Comment