विश्व सम्पदा सूचीको पर्यटकीय स्थलको अनौठो नियम, कोरोना संक्रमित नभइ जान नपाइने

डिसी नेपाल
१६ भदौ २०७७ १५:५०

काठमाडौं। कोरोना महामारीका बीच एउटा टापुले त्यहाँ जान चाहने पर्यटकका लागि निकै अनौठो नियम बनाएको छ । यहाँ जान चाहने पर्यटकले एउटा शर्त पूरा गनुपर्छ र त्यो शर्त हो त्यहाँ जाने पर्यटकहरु कोरोनाभाइरसबाट संक्रमणबाट रिकभर भएको हुनुपर्नेछ । अर्थात त्यहाँ ती पर्यटकहरु मात्र जान पाउनेछन् जो पहिले कोरोनाभाइरस संक्रमित भएर ठिक भइसकेका छन् ।

सीएनएनका अनुसार ब्राजिलको फर्नान्डो डी नोरोन्हा नामको आइल्याण्ड पर्यटकको लागि विगत ५ महिनादेखि बन्द थियो । अब यो आइल्याण्ड नयाँ शर्तका साथ खोलिएको छ । यो आइल्याण्डमा दैनिक सीमित संख्यामा मात्र पर्यटकलाई प्रवेश दिइन्छ । स्थानीय अधिकारीहरुका अनुसार शर्त पूरा गर्ने पर्यटकहरु सेप्टेम्बर १ देखि यहाँ जान पाउनेछन् ।

अधिकारीहरुका अनुसार आयल्याण्डमा बस्नेहरु सबैको सुरक्षा सुनिश्चित गर्न सकियोस् भनेर नयाँ शर्त लगाइएको हो । यहाँ जाने पर्यटकले आफू कोरोनाभाइरस पोजेटिभ पाइएको रिपोर्ट साथमा लिएर जानुपर्नेछ । रिपोर्ट कम्तीमा २० दिन पुरानो हुनुपर्नेछ । साथै आइल्याण्डमा जानको लागि पर्यावरणसम्बन्धी कर पनि तिर्नुपर्नेछ । प्राकृतिक समुद्र किनार, सुन्दर हरियाली र नेशनल मरिन रिजर्भको लागि यो आइल्याण्ड परिचित छ । यो युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.