चेन्नई सुपरकिंग्सका १३ सदस्यहरु बाहेक अन्यको कोरोना नेगेटिभ
काठमाडौं । चेन्नई सुपरकिंग्स (सीएसके)का १३ सदस्यहरु बाहेक अन्यहरुको कोरोना रिर्पोट नेगेटिभ आएको छ । टोलीका सीईओ के एस विश्वनाथनले मंगलवार यो कुराको जानकारी दिए।
टि २० लिगको १३ औं सत्रको लागि तयारी सुरु भई सकेको छ। सबै आठ टोलीहरु आफ्नो खेलाडी र स्टाफहरु सहित युएई पुगि सकेका छन।कोरोनाको खतरालाई ध्यानमा राख्दै, थुप्रै सुरक्षा उपायहरू कडाईका साथ लागु भइरहेको छ र खेलाडीहरूको लगातार जाँच भइरहेको छ। पछिल्लो हप्ता भएको परिक्षणमा चेन्नई सुपरकिंग्सका दुई खेलाडीहरू सहित १३ सदस्यहरू कोरोना पोजिटिभ पाईएका थिए ।
टोलीका सीईओ विश्वनाथनले यसअघि सोमबार गरिएको परिक्षणमा १३ जना खेलाडीहरुको रिर्पोट पाजेटिभ पाईएको बताएका थिए । जसमा भारतीय तिव्र गतिका बलर दीपक चाहर र भारत ए ब्याट्सम्यान रुतराज गायकवाड पनि रहेका छन ।
Chennai Super Kings CEO issues new statement: All contingent members negative for COVID-19 except the original 13 who tested positive.
— Press Trust of India (@PTI_News) September 1, 2020
यद्यपि विश्वनाथनले साँझ भने, “टोलीका १३ सदस्यहरु बाहेक अरू सबैमा कोविड १९ नेगेटिभ पाइएको छ। बिहीबार, सेप्टेम्बर ३ मा उनीहरुको अर्को परिक्षण हुनेछ। हामीले शुक्रवार, सेप्टेम्बर ४ बाट प्रशिक्षण सुरु गर्ने सम्भावना रहेको छ ।” उनले भने, “दीपक र रुतराज १४ दिन क्वारेन्टाईनमा बस्नेछन र नियम अनुसार नेगेटिभ पाईएपछि प्रशिक्षणमा सामेल हुनेछन्।” क्वारेन्टाईनको समय सकिएपछि, टोलीका १३ संक्रमित सदस्यहरूको पुनः परीक्षण गरिनेछ।
चाहर र रुतराज बाहेक नेगेटिभ पाइएको प्रायः सदस्यहरू सीएसकेको सोशल मिडिया टोली वा अन्य स्टाफहरु रहेका छन । उनीहरुको टिमको कोचिंगसँग कुनैपनि सरोकार रहेको छैन।
फ्रेन्चाईजीलाई ट्रेनिङको लागि पर्याप्त समय दिने बारेमा कुरा चलिरहेको छ । तर सेप्टेम्बर १९ मा आईपीएलको पहिलो खेलमा टोलीले मुम्बई इन्डियन्ससँग खेल्दैछ। आईपीएलका खेलहरू लिगको शुरुआतदेखिनै दुबई, शारजाह र अबुधाबी तीन शहरहरूमा हुने सम्भावना रहेको छ। यस पटकको आईपीएल कोरोनाको कारण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुदैछ ।







डिसी नेपाल








Facebook Comment