सीएसके छोडेर फर्केका रैनाको भाईको निधन, प्रहरीसंग सहयोगको लागि अपील

डिसी नेपाल
१६ भदौ २०७७ २३:२०

काठमाडौं । चेन्नई सुपरकिंग्स छोडेर भारत फर्केका सुरेश रैनाको बारेमा थुप्रै चर्चाहरु भइरहेको छ । यसैबिच रैनाले मंगलबार एक ट्वीट गरी पंजाबका मुख्यमन्त्रि र पंजाब पुलिसलाई सहयोगको लागि अपिल गरेका छन । रैनाले ट्वीटमा लेखे, “पंजाबमा मेरो परिवार संग भएको घटना डरलाग्दो थियो। मेरो अंकलको घटनास्थलमै मृत्यु भयो । मेरो आन्टी र भाईलाई पनि गम्भीर चोटपटक लागेको छ। दुर्भाग्यवस जिवनसंग संघर्ष गर्दा गर्दे हिजो राती मेरो भाइ पनि यो संसारबाट अलविदा भएको छ । मेरो आन्टीको अवस्था अझै पनि गम्भीर अवस्थामा रहेको छ ।”

अर्को ट्वीटमा रैनाले भने, “त्यो रात के भयो हामीलाई थाहा छैन। म यस विषयमा खोजी गर्न पंजाब पुलिसलाई अपील गर्दछु। हामीलाई जान्न पाउने अधिकार छ कि उनीहरूलाई यस्तो अवस्थामा कसले पुर्यायो । ती अपराधीहरुलाई अरु अपराध गर्न छोड्नु हुँदैन।” रैनाले पंजाब सरकारसँग पनि अपराधीमाथि तुरुन्त कडा कारबाही गरिनुपर्ने माग गरेका छन।

सुरेश रैनाको फुपुको घर पठानकोटको माधोपुर क्षेत्रको थरियाल गाउँमा केही दिन अघि अज्ञात ब्यक्तिहरूले आक्रमण गरेका थिए। आक्रमणमा सुरेश रैना अंकलको मृत्यु भएको थियो भने परिवारका अन्य सदस्यहरू गम्भीर घाइते भएका थिए।

चेन्नई सुपरकिंग्सका स्टार ब्याट्सम्यान सुरेश रैना यस पटकको आईपीएल नखेल्ने निर्णय गरेका छन। उनको यो निर्णय पछि उनी आफन्तको हत्याको कारण फर्केका अडकलबाजीहरु गरिएको छ । तर पछि युएईमा होटेलको कोठालाई लिएर उनले सीएसके व्यवस्थापनसँग विवाद गरे र भारत फर्किएको बताईएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.