इब्राहिमोविकले गरे एसी मिलानसँग एक बर्षे सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
१७ भदौ २०७७ ०:००

काठमाडौं । एसी मिलानले सोमबार ज्लाटन इब्राहिमोविकसँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेको छ । हस्ताक्षर पछि ३८ वर्षीय खेलाडीले सात वर्ष पछि फेरी च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आफ्नो टोली सामेल हुने आशा व्यक्त गरेका छन ।

खबर अनुसार सम्झौता ७० लाख यूरोमा गरिएको छ। इब्राहिमोविक यस वर्ष जनवरिमा एसी मिलानमा दोस्रो पटक ६ महिनाको करारमा सामेल भएका थिए। उनले सिरी ए को १८ खेलमा १० गोल गरेका थिए। यसले मिलानलाई इटालियन लिगमा छैटौं स्थानमा र यूरोपा लिगमा स्थान हासिल गर्न सक्षम बनायो। सिरी ए १९ सेप्टेम्बरबाट सुरु हुनेछ तर इब्राहिमोविक दुई दिन अगाडि युरोपा लिगमा आयरल्यान्डको शेम्रोक रोभर्सको बिरूद्ध मिलनको लागि खेल्ने छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.