– बिज्ञको सुझाब अनुसार अल्पकालीन र दीर्घकालीन रणनीति नबनाएकोले।
– भारतसँगको सिमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरेकोले।
– अन्तर प्रदेश तथा अन्तर जिल्ला आवागमनको नियमन नगरेकोले।
डा. रवीन्द्र पाण्डे
– भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुम्बासी बस्ती, तरकारी बजार, चोकका पसल, बधशाला, साँगुरा गल्लीभित्रका ब्यबसायी, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेकोले।
अब के गर्नुपर्छ ?
– लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने बर्गलाई ठूलो समस्या परेको छ| तसर्थ निषेधाज्ञा हटाउने।
– सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे/नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने। मापदण्ड पालना नगर्नेलाई जरिवानाको ब्यबस्था गर्ने। सुरक्षाकर्मी तथा CCTV बाट हरेक टोलको भीडभाड अनुगमन गर्ने।
– मास्क र दुरी बिना कुनै सेवा उपलब्ध नगराउने। ९० % भन्दा धेरैले मास्क लगाउने तथा दुरी कायम गर्ने वातावरण तयार गर्ने।
– प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समुह, NGO, बिभिन्न पार्टीका भातृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, बिपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने। शंकास्पद व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने।
– पुलिंग मेथडबाट दैनिक १ लाखको कोरोना परीक्षण गर्ने।
– सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पुरा गरेर संचालन गर्ने। माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने।
– व्यक्तिगत सवारी जोरबिजोर चलाउने।
– सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गर्ने ब्यबस्था मिलाउने।
– कोरोना फ्री वडा/ पालिका बनाउने अभियान सुरु गर्ने।
– संचार माध्यम तथा सामाजिक संजाललाई कोरोना रोकथामका उपाय, सकारात्मक बिचार तथा बैज्ञानिक बिचार प्रसारण/ प्रकाशन गर्ने बातावरण सिर्जना गर्ने। जुनसुकै कोणबाट आतंक फैलाउने गतिविधिलाई निरुत्साहित गर्ने।
– पूर्ववत पेशाबाट बिस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समुहलाई नयाँ रोजगारीको क्षेत्र ( उत्पादन, वितरण आदिमा ) पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने।
– भीडभाड हुने क्षेत्र नखोल्ने।
– समूहमा बस्ने तथा काम गर्ने समूह (सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, संचारकर्मी तथा होस्टेलमा बस्ने सबैलाई अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने।
-स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक संचार माध्यमबाट कोरोना संक्रमणबारे समान धारणा नियमित रुपमा प्रसारण/ प्रकाशन गर्ने।
Facebook Comment