प्रधानसेनापतिबाट उपरथी राणालाई दर्ज्यानी चिह्न प्रदान

डिसी नेपाल
१७ भदौ २०७७ २१:५३

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट हालै बढुवा भएका विनयविक्रम राणालाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी लगाई दिएका हुन्।

सरकारले राणालाई पश्चिम पृतनापतिको जिम्मेवारी दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हालका पश्चिम पृतनापति गोकुल भण्डारीको हालै सैनिक मुख्यालयमा सरुवा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.