ब्राजिल फुटबल संघले राष्ट्रिय महिला र पुरुष टिमका खेलाडीलाई समान पुरस्कार राशि तथा सेवा सुविधा दिने
काठमाडौं । ब्राजिली फुटबल संघ (सिविएफ)ले राष्ट्रिय महिला र पुरुष टिमका खेलाडीलाई समान पुरस्कार राशि तथा सेवा सुविधा दिने भएको छ । सिविएफले बिहिवार राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने घोषणा गरेपछी ब्राजिल विश्व फुटबलमा समान पुरस्कार दिने पहिलो राष्ट्र बनेको छ ।
? Hats off to @CBF_Futebol ??
? Not only has it put @DudaLuizelli & @PelleAline in major roles within Brazilian women’s football, but it has announced that female & male players will be paid the same while on international duty ?
? https://t.co/zuxkOYR7Uz pic.twitter.com/Ev6oohYM5o
— FIFA Women’s World Cup (@FIFAWWC) September 3, 2020
ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगितामा फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम समेत बराबर गर्ने भएको छ । संघका अध्यक्ष रोजरिया काबोकोले यसबर्षको मार्चबाट निर्णय कार्यान्वयनमा आएको बताएका छन् । अध्यक्ष काबोकेले संघले गरेको निर्णय अन्तराष्ट्रिय प्रतियोगिताहरु विश्वकप र ओलम्पिकमा समेत लागू हुने बताएका छन् ।
ब्राजिल फूटबलको यस निर्णय निकै प्रशन्सनिय रहेको भन्दै विश्वका बाँकि राष्ट्रहरु पनि यसबाट लाभान्वित हुने खेल विश्लेषकहरुले बताएका छन् ।







डिसी नेपाल








Facebook Comment