विवादका बीच रुसमा चीन र भारतका रक्षामन्त्रीहरुको भेटमा के कुरा भयो ?
काठमाडौं। भारत र चीनबीच विवाद बढिरहेका बेला दुवै देशका रक्षा मन्त्रीहरुबीच भेटवार्ता भएको छ । रुसको राजधानी मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेइ फेंघेबीच भेटवार्ता भएको हो । भेटवार्तामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमामा तनाव कम गर्नको लागि भारतीय सेनाको व्यवहार जिम्मेवारीपूर्ण भएको बताएका थिए । उनले आफ्नो सम्प्रभुता र सीमाको रक्षाको लागि आफ्नो प्रतिबद्धतामा कसैले सन्देह गर्न नहुने बताएका थिए ।
राजनाथ सिंहले लाइन अफ कन्ट्रोलको नजिक ठूलो संख्यामा चीनका सैनिकको तैनाथी, उनीहरुको गतिविधि र आक्रामक व्यवहार दुई देशबीचको सहमतिको उल्लंघन भएको समेत बताएका थिए । दुवै देशका शीर्ष नेताहरुले क्षेत्रमा शान्ति स्थापनाको सहमति जनाएको र दुई देशबीच आपसी सम्बन्ध बढाउनको लागि यो जरुरी रहेको उनले बताए । उनले कुनै मतभेदलाई विवादसम्म बढाउन नहुनेमा जोड दिए ।
राजनाथ सिंहले चीनले भारतसँग मिलेर तनावपूर्ण स्थितिलाई छिटै सामान्य बनाउनु पर्ने र यसको लागि पेगोंग त्सो तालका अलावा सीमामा सैन्य उपस्थिति कम गराउनुपर्ने बताए । उनले अहिलेको स्थितिलाई समझदारीले सम्हाल्नुपर्ने र कुनै पनि पक्षले अगाडि स्थिति जटिल बनाउने कुनै कारवाही गर्न नहुने बताए ।
RM advised that it was important therefore that Chinese side should work with the Indian side for complete disengagement at the earliest from all friction areas including Pangong Lake as well as de-escalation in border areas in accordance with the bilateral agreements & protocols
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) September 5, 2020
उता चीनको समाचार एजेन्सी सिन्ह्वाले गत महिना सीमामा भएको तनावका लागि चीनले भारतलाई जिम्मेजार मानेको र चीनका रक्षा मन्त्रीले भारतीय रक्षा मन्त्रीसँग तनाव कम गर्न अपिल गरेको लेखेको छ । दुई देशका रक्षा मन्त्रीहरुबीच यो छलफल करिब २ घण्टा चलेको थियो । छलफलमा चीनका रक्षा मन्त्री वेइ फेंघेले सीमामा अहिलेको तनावको कारण र जास्तविकता स्पष्ट भएको बताउँदै यसको पूरै जिम्मेवारी भारतको भएको बताएका थिए ।
वेइ फेंघेले अगाडि भने ‘चीन आफ्नो क्षेत्रको एक इन्च जमिन छोड्न सक्दैन । राष्ट्रिय सम्प्रभुता र आफ्नो सीमाको रक्षाको लागि चीनको सेना पूर्ण रुपमा प्रतिबद्ध, सक्षम र निश्चिन्त छ ।’ उनले सीमा क्षेत्रमा शान्ति स्थापित राख्नको लागि भारतले तनाव नबढाउने अपेक्षा पनि गरे । उनले दुवै देशका शीर्ष नेताहरुबीच शान्ति स्थापना गर्न सहमति बनेकोले भारतले तनावलाई बढावा दिन र गलत तथ्यको प्रचार गर्न नहुने बताए ।







डिसी नेपाल








Facebook Comment