विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक भारत बन्ने, नेपालमा आपूर्ति सुनिश्चित हुने
काठमाडौं। कुनै पनि कोरोनाभाइरस भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित भएपछि भारतीय फर्मास्युटिकल कम्पनी विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक बन्ने र भारतका छिमेकी मित्रराष्ट्रहरुलाई भ्याक्सिन उपलब्ध हुने कुरा सुनिश्चित हुने भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बताएका छन् । नेपाल, बंगलादेश र श्रीलंकासँगको भारतको सम्बन्ध कहिल्यै पनि देखाइएको जस्तो गरी खराब नभएको उनले बताए ।
ब्लुमबर्गका अनुसार शुक्रबार नयाँ दिल्लीमा ‘फरेन पोलिसी सेमिनार’मा बोल्दै श्रृंगलाले नेपालसहितका छिमेकी मित्रराष्ट्रहरुलाइ सहज रुपमा भ्याक्सिन उपलब्ध हुने सुनिश्चित गरिने बताएका हुन् । हालै चीनसँग भएको सीमा विवादलाई श्रृंगलाले ‘अभूतपूर्व अवस्था’ भनेका छन् । गएको जूनमा सीमामा २ देशका सैनिकबीच भएको झडपमा २० जना भारतीय सैनिक र अज्ञात संख्याका चिनियाँ सैनिक मारिएका थिए । यस विषयमा टिप्पणी गर्दै श्रृंगलाले १०९२ देखि यस्तो अवस्था भोग्नु नपरेको बताए ।







डिसी नेपाल








Facebook Comment