सरिना विलियम्स र भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश
काठमाडौं । यूएस ओपनअन्तर्गत तेस्रो चरणका खेलहरू हाल जारी छन् । आफ्नो करिअरको २४ औँ ग्रान्ड स्लाम जित्ने दाउमा रहेकी ३८ वर्षीया सरिना विलियम्स विश्व वरियतामा ३७ औँ स्थानमा रहेकी स्लोनी स्टीफ्नसलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी छिन् ।
पहिलो सेटमा २–६ ले पछाडि परेकी विलियम्सले दोस्रो र तेस्रो सेट ६–२, ६–२ ले जित्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भइन् । ६ पटकसम्म यूएस ओपन जितिसकेकी विलियम्स र विश्व वरियतामा २१ औँ स्थानमा रहेकी ग्रीक खेलाडी मरिया सकारीबीच आगामी चरणमा खेल हुँदैछ ।
त्यस्तै सन् २०१९ की पूर्वविजेता भिक्टोरिया अजारेन्का पनि अन्तिम १६ मा प्रवेश गरेकी छन् । महिलातर्फकै अर्को खेलमा विश्व वरियतामा ३८ औँ स्थानमा रहेकी ग्रीक खेलाडी एलिसे मर्टन्सले अमेरिकी खेलाडी क्याथेरिन मक्कलीमाथि जित हासिल गर्दै चौथो चरणमा प्रवेश गरेकी छिन् ।
पुरुष एकलतर्फका खेलमा, बिनावरियताका जेफ्री जन वुल्फमाथि विजयी हुँदै विश्व वरियतामा तेस्रो स्थानमा रहेका रुसी खेलाडी ड्यानिल मेदभेदेभ चौथो चरणमा प्रवेश गरेका छन् ।
हंगेरीका मार्टन फुस्कोभिक्सलाई सोझो सेटमा हराएका बिनावरिताकै अमेरिकी खेलाडी फ्रान्सेस टिफोय र मेदभेदेभबीच आगामी चरणमा खेल हुँदैछ । विश्वव्यापी कोरोनाभाइरसका कारण यस पटकको यूएस ओपनका खेलहरू दर्शकको उपस्थितिबिना आयोजना भइरहेका छन् ।







डिसी नेपाल








Facebook Comment