क्रिकेट खेलाडीहरुलाई तलब पठाउन सुरु
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु गरेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो ।
क्यानका कोषाध्यक्ष रोशन सिंहका अनुसार आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको हो । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने भन्दै खेलाडीलाई आवश्यक अनुसार बैंकको केवाईसी फाराम भर्न समेत आग्रह गरेको छ ।
सिंहका अनुसार खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाउने भएका छन । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment