अमेरिकाको कोरोनाभाइरस भ्याक्सिन आफैं पर्यो खतरामा !
काठमाडौं। अमेरिकाको कोरोनाभाइरस भ्याक्सिन आफैं खतरामा परेको छ । यो भ्याक्सिन सम्बन्धि जानकारी चोरीका लागि तीन देशले आफ्नो गुप्तचर विभागलाई खटाएका छन् । रुस, चीन र इरान अमेरिकी भ्याक्सिनको जानकारी चोरीको प्रयासमा छन् । न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टमा यस्तो दावी गरिएको छ ।
चीनको गुप्तचर विभागका ह्याकरहरुले युनिभर्सिटी अफ नर्थ क्यारोलिना र अन्य अमेरिकी संस्थाबाट भ्याक्सिन रिसर्चको डाटा चोरी गर्ने कोसिस गरेका हुन् । ह्याकरहरुले युनिभर्सिटीको सिस्टमलाई लक्ष्य बनाइरहेका छन् किनकि औषधि कम्पनीहरुको तुलनामा विश्वविद्यालयहरुको डाटा सिस्टमको सुरक्षा कमजोर छ ।
अर्कोतर्फ अमेरिकी अधिकारीहरुले चीन, रुस र इरानका ह्याकरहरुले अमेरिकाका बायोटेक कम्पनीहरुका सिस्टममा पनि आक्रमण गरेका छन् । अमेरिका र बेलायतका अधिकारीहरुका अनुसार रुसको गुप्तचर विभाग एसभीआरका जासुसहरुले अमेरिका, क्यानडा र बेलायतका विश्वविद्यालय र अन्य संस्थाहरुबाट भ्याक्स्नि रिसर्चको टाडा चोरी गर्ने कोसिस गरेका छन् तर निगरानी सिस्टमले यिनीहरुलाई समातेको थियो ।
जुन अमेरिकी कम्पनीहरुमा डाटा चोरीको लागि आक्रमण भएका छन् उनीहरुमा गिलिड साइन्सेज, नोभाभ्याक्स, मोडर्ना आदि छन् । यद्यपि अहिलेसम्म कुनै पनि कम्पनी वा विश्वविद्यालयले डाटा चोरीको पुष्टि गरेका छैनन् । तर कैयौं ह्याकरहरुले सिस्टममा केही हदसम्म भित्र जान सफल भएका छन् ।
अहिलेसम्म ह्याकरको २ टिमलाई अधिकारहिरुले समातेका पनि छन् । रिपोर्टका अनुसार इरानले पनि भ्याक्सिन रिसर्चको जानकारी चोरी गर्नको लागि प्रयास तीब्र बनाएको छ । यसका कारण जासुसहरुलाई समात्नको लागि अमेरिकाले आफ्ना गतिविधि बढाउनु परेको छ । अमेरिकी अधिकारीहरुका अनुसार चिनियाँ र रुसी ह्याकरहरुले दिनहुँ सिस्टमको कमजोरी पत्तँ लगाउने प्रयास गरिरहेका छन् ।







डिसी नेपाल








Facebook Comment