पाँचजना भारतीय अपहरणबारे चीनले भन्योः अरुणाचल प्रदेश नै चीनको हो

डिसी नेपाल
२२ भदौ २०७७ २२:०२
16
Shares

काठमाडौं। केही दिन अघि एकजना भारतीय केन्द्रीय मन्त्रीले भारतको अरुणाचल प्रदेशबाट पाँचजना भारतीय नागरिकलाई चिनियाँ सेनाले अपहरण गरेको बताए। त्यसको जवाफ दिँदै चीनले अरुणाचल नै चीनको हो भन्दै अरुणाचल भारतको नभएको जनाएको छ।

चीनले अरुणचल तिब्बतको दक्षिणी क्षेत्र रहेको बताएको छ। स्मरण रहोस अरुणाचल प्रदेशमा शाल भारतकै कब्जा भए पनि चीनले सो प्रदेशलाई आफ्नो भूमि भएको दावी गर्दै आएको छ। अरुणाचलबाटै निर्वाचति केन्द्रीय मन्त्री किरेन रिजुजुले हालै भारतीय नागरिक अपहरण भएको ट्वीटरमार्फत बताएका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिएंगले हराइरहेका पाँचना भारतीय नागरिकबारे आफ्नो सेनासँग जानकारी मागिाएको भन्दै सो विषयमा चीनलाई केही जानकारी नभएको बताएका छन्। उनले अरुणाचल प्रदेशलाई चीनले मान्यता नदिएकोसमेत उल्लेख गरेका छन्।

पाँचजना नागरिक हराएको विषयमा भारतीय सेनाले चिनियाँ सेनासँग प्रश्न गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। तर, चीनले सो विषय आफ्नो जानकारीमा नरहेको बताएको छ।
भारत र चीनबीच लाइन अफ एक्चुल (एलसी)मा विवाद भइरहेको छ। गएको जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिक मारिएपछि भारत र चीनको सम्बन्ध तनावपूर्ण बनिरहेको बेला पाँचजना भारतीय नागरिक हराएको विषय आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.