न्याय सम्पादनमा ध्यान दिन आग्रह

डिसी नेपाल
२२ भदौ २०७७ २३:०५

काठमाडौं। विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारीले न्याय सम्पादन र सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

अदालतले सोमबार १७ औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने स्पष्ट पारे। अध्यक्ष अधिकारीले न्यायिक सुशासन कायम गर्न सबै कर्मचारीले आ–आफ्नो पेशागत, निष्ठा, लगनशीलता र इमान्दारीतामा ध्यान दिनुपर्नेमा जोड दिए।

अदालतमा वरिष्ठतम सदस्य न्यायाधीश कृष्ण गिरीले राष्ट्रसेवक कर्मचारीले व्यावसायिक जीवनको हरेक क्षणमा आफ्नो कार्यकुशलता र आफूमा अन्तरनिहित क्षमता प्रदर्शन गरेर सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। सो अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने नायव सुब्बा रामकृष्ण सापकोटा र हलुका सवारी चालक अमृतबहादुर सुनुवारलाई अध्यक्ष अधिकारीले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.