बाघको आक्रमणबाट एकको मृत्यु

डिसी नेपाल
२२ भदौ २०७७ २३:०९

चितवन। पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए। घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.