दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको आर्थिक सहयोग
काठमाडौं। दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एकसाता गोफण्ड मार्फत संकलन गरिएको ३ लाख ५७ हजार एक सय ६७ रुपैया मंगलबार उनकी छोरी सुस्मीता बानियाँलाई हस्तान्तरण गरिएको छ ।
जीवनभर पत्रकारिता बाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा सो रकम संकलन गरिएको अमेरिकाबाट देउजाले बताए । उनले छोरा छोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत बताएका छन् ।
‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने ‘भविष्यमा छोरा छोरीको शिक्षा दिक्षामा आर्थिक कारणले अवरोध आएको थाह पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु । ’, काभ्रेका स्थायी बासिन्दा भए पनि लामो समयदेखि अमेरिका बस्दै आएका देउजा विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् ।







डिसी नेपाल








Facebook Comment