सुशान्त सिंह मृत्यु प्रकरण : रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा

डिसी नेपाल
२४ भदौ २०७७ ७:२६

एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेन–देनको केसमा पक्रास परेकी अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिएको छ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ने मंगलवार करीब चार बजे रियालाई पक्राउ गरेको थियो। एनसीबीले रियालाई १४ दिन न्यायिक हिरासतमा लिन माग गरेको थियो। जबकि रियाका वकिलले जमानत माग गरेका थिए। अदालतले जमानतको माग खारेज गर्दै रियालाई १४ दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको थियो।

सुशान्त सिंह मृत्य प्रकरणमा ड्रग्स लेनदेनको विषय सार्वजनिक भएपछि केही दिनदेखि एनसीबीले रियासँग लगातार बयान लिइरहेको थियो। मंगलबार पनि एनसीबीले रियासँग घण्टौं सोधपुछ गर्दै अन्तिममा रियालाई हिरासतमा लिएको थियो।

रियाका भाइ शौकिक चक्रवर्तीलाई एनसीबी पहिला नै हिरासतमा लिइसकेको छ। रियासहित एनसीबीले यो मामिलामा अहिलेसम्म दश जनालाई पक्राउ गरिसकेको छ।
रिया पक्राउ परेपछि बलिउडका केही मानिस रियाका समर्थनमा देखिएका छन्।

रिया मंगलबार कालो रङको टिसर्ट लगाएर एनसीबीको कार्यलय गएकी थिइन्। त्यसमा लेलिएको थियो–गुलाव रातो हुन्छ, वायलेट्स (एक प्रकारको फूल) निलो हुन्छ। आउ तिमी र हामी मिलेर पितृसत्ताको ध्वस्त पारौं।’ अहिले यो फोटो समाजिक संजालमा भाइरल भएको छ।

 

View this post on Instagram

 

#justiceforrhea

A post shared by Anurag Kashyap (@anuragkashyap10) on

 

View this post on Instagram

 

#JusticeForRhea ☀️

A post shared by Vidya Balan (@balanvidya) on

 

View this post on Instagram

 

Everyone loves a witch hunt as long as it’s someone else’s witch being hunted. Walter Kirn

A post shared by Sonam K Ahuja (@sonamkapoor) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.