‘कोरोना भ्याक्सिन केही हप्तामा आउँछ’

डिसी नेपाल
२४ भदौ २०७७ १६:१३

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस भ्याक्सिन केही हप्तामा आउने बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिनको ट्रायल स्थगित भएको अवस्थामा पनि राष्ट्रपति ट्रम्पले भ्याक्सिन केही हप्तामा आउने बताएका हुन् । अमेरिकामा अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनको ट्रायल गरिरहेको कम्पनी एस्ट्राजेनेकाले भने ट्रायल स्थगित गरिसकेको छ । कम्पनीले यसलाई नियमित प्रक्रिया भनेको छ तर ट्रायलमा सहभागी स्वयंसेवक रहस्यमय तरिकाले बिरामी भएपछि ट्रायल स्थगित गरिको विश्वास गरिएको छ ।

अमेरिकामा अन्य कम्पनीहरुले पनि भ्याक्सिनको ट्रायल गरिरहेका छन् । मोडर्ना र फाइजर कम्पनीको भ्याक्स्निको ट्रायल पनि अमेरिकामा भइरहेको छ । राष्ट्रपति ट्रम्प चुनावभन्दा अगाडि नै भ्याक्सिन बजारमा ल्याने प्रयासमा छन् ताकि यसैको बलमा उनलाई चुनाव जित्न सहज होस् । मंगलबार ट्रम्पले नर्थ क्यारोलिनामा चुनावी कार्यक्रमका क्रममा भ्याक्सिन कहिले आउँछ भन्ने केही हप्ताको मात्र कुरा भएको बताएका हुन् ।

तर अमेरिकाका प्रमुख भाइरस विशेषज्ञ डा. एन्थोनी फाउसीले भने चुनावअघि भ्याक्सिन आउने सम्भावना नभएको बताएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्टेल एण्ड प्रिभेन्सनले नोभेम्बर १ मा भ्याक्सिन वितरण प्रणाली तयार राख्न सरकारलाई भनेको भए पनि फाउसीले भने यो वर्षको अन्त्यसम्म मात्र भ्याक्सिन आउन सक्ने बताएका हुन् । अमेरिकाका विज्ञहरुले राष्ट्रपति ट्रम्पको भनाइका कारण अमेरिकामा भ्याक्सिनको स्वीकृति विज्ञानबाट नभइ राजनीतिबाट निर्देशित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.