शौचालयमा बस्नासाथ १८ वर्षका किशोरको गुप्तांगमा सर्पले टोकिदियो
काठमाडौं। थाइल्याण्डका एक युवक शौचको लागि शौचालयमा बसेका मात्र के थिए उनको गुप्तांगमा सर्पले टोकिदियो । यही मंगलबार बेलुकी ती युवक शौचालय गएका थिए । उनी शौचालयमा बसेका मात्र के थिए शौचालयको कमोडभित्र पहिलेदेखि नै बसिरहेको ४ फिट लामो सर्पले उनको गुप्तांगमा टोकिदियो । घटनापछि ती युवकलाई हतारहतार अस्पताल पुर्याइयो ।
डेलीमेलको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककबाट २० किलोमिटर टाढा नोन्थाबुरी क्षेत्रमा सिराफोप मासुकारत नामका ती युवक शौचालयमा बस्न मात्र के भ्याएका थिए, कमोडभित्र पहिले नै बसिरहेको सर्पले उनको गुप्तांग आफ्नो दाँतले कसेर टोक्सो । गुप्तांग दुखेपछि सिराफोपले सर्पलाई समातेर तानेर फाले त्यसपछि गुप्तांग समातेर बाहिर भागे । उनको शरीरबाट रगत बगिरहेको थियो ।
तत्कालै एम्बुलेन्स बोलाइयो र उनलाई बांग येइ अस्पताल लगियो । डाक्टरहरुले उपचारपछि उनको रगत बग्न रोकियो । डाक्टरहरुले उनको गुप्तांगमा ३ टाँका लगाउका छन् । उनलाई औषधि पनि दिइएको छ । सिराफोपले यो घटना पुनः आफूले सोही ठाउामा त्यस्तै अभिनय गरेर अन्तर्राष्ट्रिय मिडियाहरुलाई बताएका थिए । सिराफोपले घटनाबारे बताएको भिडियो पनि सार्वजनिक गरिएको छ ।







डिसी नेपाल








Facebook Comment