अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण

डिसी नेपाल
२६ भदौ २०७७ १२:४८

काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। एसएसपी थापाका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था ठीक रहेको छ।

तीन दिन अघि महानगरीय प्रहरी परिसरका इन्स्पेक्टरसहित २२ जनालाई संक्रमण भएको थियो । उनीहरुलाई पनि प्रहरी अस्पताल, दुई नम्बर गण र होम आएसोलेशनमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.