पहिलो खेलमै पीएसजी पराजित
काठमाडौं । फ्रेन्च फुटबल लिगको पहिलो खेलमै पीएसजी नवप्रवेशी क्लब लेन्ससँग १–० ले पराजित भएको छ । दोस्रो डिभिजन जितेर पहिलो डिभिजनमा उक्लिएको नवप्रवेशी क्लब लेन्सले स्टार खेलाडी बिना मैदानमा उत्रिएको पीएसजीलाई सजिलै पराजित गर्यो ।
लेन्सको तर्फबाट स्ट्राइकर इग्नाटियस गान्यागोले खेलको ५७ औं मिनेटमा पीएसजीका तेस्रो रोजाईका गोलकिपर मार्सिन बुल्काको गल्तीको फाइदा उठाउदै निर्णायक गोल गरे । बुल्काले आफ्नो साथी मार्को भेराटीलाई बल दिनुको सट्टा बललाई गान्यागो तिर पुर्याएका थिए।
खेलमा पीएसजीका स्टार खेलाडीहरु किलयन एम्बाप्पे, नेमार तथा अन्य पाचँ खेलाडीहरुको कमि महसुस भएको थियो । यी खेलाडीहरु कोरोना पोजेटिभ देखिएका कारण क्वारिन्टाईमा रहेका छन । यी खेलाडीहरुमा विन्गर एन्जिल डि मारिया पनि रहेका छन ।







डिसी नेपाल








Facebook Comment