भक्तपुरमा एकै घरका तीनजनाको हत्या भएको प्रहरीको आशंका
काठमाडौं। भक्तपुरमा शुक्रबार एकै घरमा परिवारका तीनजनाको शव फेला परेको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ स्थित निकोसेरामामा रहेको ४ तले घरमा तीवटा शव फेला परेको महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामी घटना स्थलमै छौं, हरेक तलामा एक एक वटा शव फेला परेको छ।’
उनका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीीया सुशीला र १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको छ। घरमा एक कुकुर पनि मृत फेला परेको एसपी थापाले जानकारी दिइन्। उनले शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै केही भन्न नसकिने बताइन्। उनले फरेन्सिक टोलीसहित आफूहरु घटनास्थलमै रहेको बताइन्। उनका अनुसार अधिकारी परिवारले सोही घरमा किराना पसल गर्दै आएको थियो।
प्रहरीले याे हत्याकाे बारदात पनि हुनसक्ने बताएकाे छ। घटना स्थलमा रहेका एक प्रहरी अधिकारीले तीनै जनाकाे हत्या भएकाे हुनसक्ने बताए।







डिसी नेपाल








Facebook Comment