यूएईपछि बहराइनले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थपाना गर्‍यो

डिसी नेपाल
२७ भदौ २०७७ १:०३

वेष्टब्यांक (एजेन्सी)। सँयुक्त अवर इमिरेट्स (यूएई)ले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको करिब एक महिनापछि अर्को अरब मुलुक बहराइनले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने भएको छ। दुई मुलुकबीच सम्बन्ध सुधार गर्ने सहमति भएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहराइन र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक सहमति भएको घोषणा गरेका छन्। ट्रम्पले ३० दिन भित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक बनेको बताएका छन्।

यसअघि इजरायल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ट्रम्पले नै घोषणा गरेका थिए। दशकौंदेखि अरब मुलुकहरुले प्यालेस्टानी समस्या समधान भएमात्र इजरायललाई मान्यता दिने र उसँग सम्बन्ध स्थापना गर्ने बताउँदै आएका थिए। तर, गत महिना यूएई र इजरायलबीच ऐतिहासिक कूटनीतिक सम्बन्ध स्थापना भयो। त्यसपछि बहराइन र इजरायलबीच पनि कूटनीतिक सम्बन्ध स्थापना हुने सक्ने अड्कलवाजी भएका थिए।


इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातन्याहुले अर्को अरब मुलुकसँग शुक्रबार सम्झौता भएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन्। विश्वमानचित्रमा १९४७ मा इजरायल नामको देश अस्तित्वमा आए पनि अरब मुलुकहरुले उसलाई मान्यता दिएका थिएनन्।

अझै पनि धेरैजसो अरब मुलुकहरुले प्यालेस्टाइन समस्या समाधान नभएसम्म उसँग सम्बन्ध नराख्ने बताउँदै आएका छन्। तर, मध्यपूर्वमा शान्ति स्थापना गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले गएको जनवरीमा योजना अघि सारेका थिए।

अमेरिकाकै पहलमा यी मुलुकहरुको इजरायलसँग सम्बन्ध स्थापना भएको हो।

मध्यपूर्वका अरब मुलुकहरुबीच आपसी मतभेद बढेकाले पनि केही अरब मुलुक इजरायलसँग नजिक हुन पुगेका हुन्। खासगरी इरानसँग वैरभाव राख्ने अरब मुलुकहरु इजरायल नजिक भएका हुन्। मध्यपूर्वमा इरानको प्रभाव बढेसँगै साउदी अरब र उसनका निकट मुलुकहरु इजरायलसँग नरम हुँदै गएका छन्।

तर, अझसम्म पनि साउदीले इजरायलसँग सम्बन्ध भने स्थापना गरेको छैन। यूईएले इजरायलसँग सम्बन्ध स्थापना गरेपछि प्यालेस्टाइनी तथा टर्किले त्यसको विरोध गरेका थिए। पाकिस्तानले त हालसम्म इजरायललाई कुनै स्वतन्त्र मुलुकको दर्जासमेत दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.