ओलम्पिक कमिटीद्वारा ८९ जनाको कोरोना बिमा

डिसी नेपाल
२७ भदौ २०७७ ६:५८

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ ।

एनओसीले शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको जनाएको छ । एनओसीले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरिएको जनाएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले उनीहरुको कोरोना बिमा गरेको हो । एनओसीको शनिबार बसेको बैठकले ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बिमा गर्ने निर्णय गरेको थियो ।

एनओसीले सबैको १ लाख बराबरको कोरोना बिमा गरेको हो । कोरोनाबाट गत महिना एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भएका थिए । महासचिवसहित सबै कर्मचारी कोरोनाबाट मुक्त भईसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.