चीनका लागि अमेरिकी राजदूतले पद त्याग्ने
काठमाडौं। चीनका लागि अमेरिकी राजदूत टेरी ब्रान्सटाडले पद त्याग्ने भएका छन् । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सोमबार ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । पोम्पियोले चीनमा रहेर ३ वर्षसम्म सेवा गरेकोमा ब्रान्सटाडलाई धन्यवाद दिएका छन् । पोम्पियोले ब्रान्सटाडले अमेरिकी चीन सम्बन्ध पुनर्जीवित गर्न योगदान दिएको बताउका छन ।
पोम्पियोलेब्रान्सटाडले पद छाड्नुपर्ने कारण बताएका छेनन् । सीएनएनले सूत्रको हवाला दिँदै उनले अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा पहिल्यै बेइजिङ छाड्न चाहेको लेखेको छ । हालै चीनको सरकारी समाचार पत्र पिपुल्स डेलीले उनको एउटा लेख प्रकाशित गर्न अस्वीकार गरेको थियो । यस विषयमा माइक पोम्पियोले आपत्तिसमेत जनाएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment