रूसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार
बर्लिन (राससएएफपी)। रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ ।
उनको उपचार गरिरहेको बर्लिनस्थित अस्पतालका अनुसार उनी सोमबार अस्पतालको शैय्याबाट उठेर छोटो समय हिँडेका छन् ।
अस्पतालद्वारा नाभाल्नीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी विज्ञप्तिमा भनिएको छ, “विरामी (नाभाल्नी)लाई मेकानिकल भेन्टिलेसनबाट छुट्टाइएको छ । उहाँ अहिले हात गोडा चलाउने अभ्यास गर्न थाल्नुभएको छ । साथै सोमबार अस्पतालको शैयाबाट उठेर छोटो समय हिडडुल गर्नुभएको छ ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नी चियामा रसायन मिसाएर दिएपछि बेहोस भएका उनका प्रवक्ता तथा पारिवारिक स्रोतले दावी गर्दै आएको छ । नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व (नोभिचोक) मिसाएर दिइएको जनाएका छन् ।







डिसी नेपाल








Facebook Comment