चीनको शिनझियानबाट हुने ५ किसिमका वस्तुको आयातमा अमेरिकाले प्रतिबन्ध लगायो
काठमाडौं। चीन र र अमेरिकाको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले चीनको शिनझियान क्षेत्रबाट अमेरिका आयात हुने कटन, कपाल स्याहारसम्बन्धी उत्पादनहरु, कम्प्युटर उपकरणहरु र केही टेक्सटाइल उत्पादनहरु अमेरिका आयात गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकाले शिनझियाङमा यी उत्पादनहरु श्रमिकको शोषण गरी बलपूर्वक काममा लगाएर उत्पादन गरिएको भन्दै आयातमा प्रतिबन्ध लगाएको हो ।
‘यो निर्णय गरेर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गैरकानुनी र अमानवीय श्रमविरुद्ध लडिरहेको छ । चीनले एक किसिमको आधुनिक दासता प्रयोग गरेर सामान उत्पादन गरिरहेको छ र अमेरिका आयात गर्ने प्रयास गरिरहेको छ । चीनले यी सामानहरु हाम्रो सप्लाइ चेनमा आयात गर्ने प्रयास गर्दा यसले अमेरिकी कामदार र व्यवसायलाई पनि बेफाइदा गर्छ’ डिएचएसका एक्टिङ डेप्टुटी सेक्रेटरी केन कुसिनेलीले भने ‘राष्ट्रपति ट्रम्प र यो विभागले अमेरिकी कामदार र व्यवसायलाई पहिलो प्राथमिकतामा राख्ने र अमेरिकी नागरिकलाई यस किसिमका मानव अधिकार उल्लंघनमा सहभागी हुनबाट रोक्ने गरिरहेको छ र पछि पनि गरिरहनेछ ।’







डिसी नेपाल








Facebook Comment