अन्तरिक्ष विज्ञानमा चीनले अमेरिकालाई उछिन्यो (भिडियोसहित)

डिसी नेपाल
३० भदौ २०७७ १४:०७
24
Shares

काठमाडौं। चीनले अमेरिकी अन्तरिक्ष उद्योगलाइ उछिन्दै नयाँ उपलब्धी हासिल गरेको छ । चीनले पानीमा तैरिने स्पेसपोर्ट बनाएको छ । यो यस्तो जहाज हो जहाँबाट अन्तरिक्षमा रकेट पठाउन सकिन्छ । यसको प्रयोग चीनले प्रशान्त महासागरबाट रकेट लञ्च गर्नको लागि गर्नेछ ताकि आफ्ना भू उपग्रहलाई कम समयमा अन्तरिक्षमा लञ्च गर्न सकियोस् । चीनले आफ्नो यो स्पेसपोर्टलाई इस्ट एरोस्पेस पोर्ट नाम दिएको छ । यसको पहिलो परीक्षण मंगलबार शेन्डोंग प्रान्तको नटीय शहर हेयांगनजिकै समुद्रमा गरियो ।

यो स्पेसपोर्टमा साना रकेट बनाउन र सुधार गर्न सकिन्छ । यसलाई चाइना एरोस्पेस एण्ड साइन्स एण्ड टेक्नोलोजी कर्प (सीएएससी)ले बनाएको हो । युनिभर्स टुडेमा प्रकाशित समाचार अनुसार निकट भविष्यमा चीनले आफ्ना कैयौं महत्वपूर्ण प्रोजेक्ट यही स्पेसपोर्टबाट लञ्च गर्नेछ किनकि यो धेरै सुरक्षित छ । यहाँबाट साना रकेट, हल्का अन्तरिक्ष वाहन, स्याटेलाइन र अन्य अन्तरिक्षीय प्रविधिहरुको परीक्षण र लञ्चिङ गरिनेछ ।

मंगलबार यो स्पेसपोर्टबाट लंग मार्च ११ एचवाइटु रकेट प्रक्षेपण गरियो । यसमा ९ वटा स्याटेलाइट थिए । यो लञ्चप्याडको एक परीक्षण थियो जो सफल रह्यो । चाइना एकेडेमी अफ लञ्ज व्हीकल टेक्नोलोजीका प्रमुख वांग जियाओजुनले धेरै ठूलो उपलब्धी हासिल गरिएको बताए । यो सफलतासँगै अब चीनसँग अन्तरिक्षमा रकेट लञ्च गर्नको लागि कूल ५ लञ्च साइट भएका छन् । अन्तरिक्ष विज्ञानको क्षेत्रमा समुद्रको बीचबाट रकेट लञ्च गर्नु आजको समयमा निकै नयाँ प्रविधि हो र यो प्रविधि अहिले चीनसँग मात्र भएको छ ।

अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले यसअघि तैरिरहेको लञ्चप्याडबाट आफ्नो स्टारशिप लञ्च गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म स्पेसएक्सको यो लञ्चप्याड तयार भएको छेन । यस्तो तैरिने लञ्चप्याडको फाइदा यो हुन्छ कि लञ्चिङको समयमा आउने आवाजले आसपासका बस्ती क्षेत्रका मानिसलाई कुनै कठिनाइ हुँदैन । चीनले यो लञ्चप्याडको सफल परीक्षणसँगै यो लञ्चप्याडबाट यो वर्षको अन्त्यसम्म पाँच अन्य स्याटेलाइट लञ्च गर्ने योजना बनाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.