परिवार नियोजनका गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह

डिसी नेपाल
२ असोज २०७७ १९:२१

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९को जोखिमका अवस्थामा परिवार नियोजनका गुणस्तरीय सेवाहरुको निरन्तरता दिनका लागि आग्रह गरेका छन् । सातौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले दम्पती र किशोर–किशोरीलाई परिवार नियोजनका निःशुल्क सेवा आफ्ना नजिकका स्वास्थ्य संस्थाहरु पुगेर लिन ,परिवार नियोजनका परामर्श र साधन उपलब्ध गराउन आग्रह गरेका हुन् ।

सन्देशमा समाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिवार नियोजनका साधनको आपूर्ति व्यवस्थापनमा ध्यानाकर्षण समेत गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.