नदीमा दाउरा झिक्न जाँदा बाबुछोरी बेपत्ता

डिसी नेपाल
२ असोज २०७७ १९:४२

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनक्ी १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् ।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए । बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.