ताइवानका विषयमा अमेरिका र चीन आमने–सामने
काठमाडौं। सुरक्षाका विषयमा अमेरिका र ताइवानका अधिकारीहरुबीच वार्ता चलिरहेका बेला चिनियाँ जेट विमानले ताइवानको सीमा पार गरेपछि चीन र अमेरिकाबीच तनावको स्थिति बनेको छ । चीनका १८ विमानले सीमा पार गर्दै ताइवानको क्षेत्रमा प्रवेश गरेका हुन् । ताइवानको रक्षा मन्त्रालयको रक्षा मिसाइल प्रणालीले ट्वीट गर्दै १८ सेप्टेम्बरमा चीनका २ एच–६ बमवर्षक, ८ जे–१८ जेट विमान, ४ जे–१० युद्धक विमान र ४ जे ११ युद्धक विकानले सीमारेखा पार गरेको जनाएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार चीनले ताइजान र अमेरिकाबीच जारी वार्ताको कडा विरोध गरेको छ । बेइजिङले दुवै देशलाई सुरक्षा गठबन्धनप्रति सचेत गराएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्ता सिनियर कर्णेल रेन गुआकियांगले एक प्रेस ब्रिफिङमा ‘जो आगोसँग खेल्छन् उनीहरु जल्न बाध्य हुन्छन्’ भनेका थिए । एक रिपोर्टअनुसार यसअघि ताइवानको सीमा षेत्रमा चीनका जोडी युद्धक विमान देखिन्थे तर यसपटक ठूलो संख्यामा चिनियाँ विमान ताइवान प्रवेश गरेका हुन् ।







डिसी नेपाल








Facebook Comment