चीनमा नयाँ महामारी फैलियो, ३ हजार २ सय भन्दा धेरैमा संक्रमण पुष्टि

डिसी नेपाल
३ असोज २०७७ १५:३९

काठमाडौं। चीनमा ब्याक्टेरियाबाट फैलिने नयाँ संक्रमणबाट हजारौं प्रभावित भएका छन् । अत्यन्तै संक्रामक ब्याक्टेरियाबाट फैलिने यो संक्रमण एक फर्मास्युटिकल कम्पनीबाट लिक भएर फैलिएको बताइएको छ । उत्तर पश्चिम चीनको लान्झोउ शहरका अधिकारीहरुका अनुसार ३ हजार २ सय ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । ब्रुसेलोसिस नामको यो रोग सामान्यतया गाई, बाख्रा, सुँगुरजस्ता जनावरको सम्पर्कबाट फैलिन्छ ।

यो रोग लागेपछि भोक नलाग्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, ज्वरो र थकानजस्ता लक्षण देखिन्छ । गान्सु प्रान्तको लान्झोउको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार २१ हजार ८ सय ४७ जनाको परीक्षण गदा यी संक्रमित पाइएका हुन् । इन्डिपेन्डेन्टको रिपोर्टअनुसार अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भने भएको छैन । आयोगका अनुसार यो महामारी लान्झोउमा रहेको जनावरहरुको भ्याक्सिन बनाउने एक कम्पनीबाट निस्किएको फोहरबाट फैलिएको हो ।

२०१९ को जुलाइको अन्तिमदेखि अगष्टको अन्तिमसम्म यो कम्पनीबाट ब्रसेल्ला ब्याक्टेरिया भएको दूषित ग्यास हाजामा उत्र्जन भएको थियो । झोंगमु लान्झाउ नामको यो कम्पनीले म्याद गुज्रिएका किटाणुनाशक प्रयोग गरेको पाइएको छ जसका कारण उत्सर्जन भएको ग्यासमा भएका सबै ब्याक्टेरिया मरेका थिएनन्, केही ब्याक्टेरिया नमरी बाहिर निस्किएका थिए । शहरको स्वास्थ्य विभागले आगामी दिनमा अरु संक्रमित थपिने बताएको छ । लान्झोउमै अन्य १ हजार ४ सय १ जना पनि ब्रुसेल्लोसिसबाट प्ररम्भिक संक्रमित पाइएको सिएनएनले जनाएको छ ।

गएको डिसेम्बरमा चीनको समाचार एजेन्सी सिन्ह्वाले यो उद्योगको नजिकै भेटेरीनरी अनुसन्धानमा काम गर्ने १८१ जनालाई यो रोग लागेको बताएको थियो । यद्यपि ठूलो परिमाणमा ‘आउटब्रेक’को जानकारी भने अहिलेसम्म आएको थिएन । आयोगले सार्वजनिक अस्पतालहरुले यसको निःशुल्क जाँच गर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.