यूएईले यमनमा हाइप्रोफाइल हत्याका लागि भाडाका सैनिक परिचालन गरेको खुलासा
जेनेभा (एजेन्सी)। संयुक्त अरब इमिरेट्स (यूएई)ले हाई प्रोफाइल हत्या गराउन हजारौं भाडाका सैनिक परिचालन गरेको खुलासा भएको छ। यूएईले यी मध्ये यमनमा ४५० जना भाडाका सैनिक परिचालन गरेको इन्टरनेशनल इंस्टीट्यूट फर राइट्स एंड डेभ्लापमेन्ट र राइट्स रडार फाउण्डेशनले आइतबार यो खुलासा गरेको हो।
जेनेभामा भएको सँयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको ४५ औं सत्रका क्रममा इन्टरनेशनल इंस्टीट्यूट फर राइट्स एंड डेभ्लोपमेन्ट एंड राइट्स रडार फाउंडेशनले यो खुलासा गरेका हुन्।
उनीहरुले भनेका छन्, ‘इंटरनेशनल इंस्टीट्यूट फर राइट्स एंड डेभ्लोपमेन्ट एंड राइट्स रडार फाउंडेशन यमनमा भाडाका मानिसहरु हत्याका मामिलामा संलग्न भएको विषयमा निकै चिन्तित छौं।’
समाचार अनुसार यमनमा हाई प्रोफाइल हत्याका लागि अमेरिकी भाडाका सैनिकहरुलाई काममा राखिएको छ। उनीहरुले अदन र अन्य शहरहरुमा कैयौं अपरेशन गरेका छन्, जसका कारण पछिल्ला ५ वर्षमा दर्जनौं राजनेताको हत्या भएको छ।
यूएईले काममा राखेका ल्याटिन अमेरिकी देशका ३० हजार व्यापारिहरुमध्यृ ४५० व्यापारीलाई अमेरिकी प्रशिक्षकले प्रशिक्षण दिएपछि यमनमा खटाइएको जनाइएको छ।
ती भाडाका सैनिकले विना जवाफदेही अपराध जारी राख्न यमनमा मानवअधिकारको हनन्का लागि सँयुक्त राष्ट्र संघले ध्यान नदिएकोमा फाइदा उठाएको बताइएको छ। समाचार अनुसार ८० प्रतिशतभन्दा धेरै यमनी राजनीतिज्ञ, सांसदहरु र सञ्चारकर्मीलाई स्थानीय वा विश्वस्तरमा विस्थापित गरिएको छ। किनकी उनीहरु हत्याको सम्भावित लक्ष्यमा थिए।
ती दुई मानवअधिकारवादी संस्थाले यमनमा राष्ट्रसंघले प्रभावकारी भूमिका ननिभायको भन्दै आलोचनासमेत गरेका छन्।







डिसी नेपाल








Facebook Comment