जब स्टार ब्याट्सयानले खेल्नै नसकेको बुमराहको बलको बलरले धज्जी उडाए

डिसी नेपाल
८ असोज २०७७ ९:०२

काठमाडौं। जसप्रित बुमराह भारतको राष्ट्रिय टिमका सर्वोत्कृष्ट पेसर मानिन्छन् । इण्डियन प्रिमियर लिगमा मुम्बइ इण्डियन्सबाट खेल्ने बुमराहले गएराती भएको कोलकाता नाइटराइडर्स विरुद्धको खेलमा आफ्नो स्पेलको सुरुवाती तीन ओभरमा बुमराहले यही प्रभाव छोडे । तर उनको चौथो ओभरमा उनले फालेका बलको धज्जी उड्यो । रोचक त के भने उनको बलको धज्जी उडाउने कुनै स्टार ब्याट्सम्यान नभइ बलर थिए ।

बुमराह पहिलोपटक चौथो ओभरमा बलिङ गर्न आए । उनका सुरुवाती तीन बल सुनिल नरेनले खेले र एक रन मात्र बनाउन सके । बाँकी ३ बल दिनेश कार्तिकले खेले र कुनै रन बनाउन सकेनन् । पहिलो ओभर सकिँदा बुमराहले १ रनमात्र दिए । दोस्रो पटक बुमराह १३ औं ओभरमा आए । यो ओभरमा उनको तीन बल इयोन मोर्गनले खेले र १ रन मात्र बनाउन सके । बाँकी ३ बल आन्द्रे रसेलले खेले । उनले पनि एक रन मात्र बनाउन सके । बाँकी २ रन लेग बाइ आएको थियो ।

बुमराह तेस्रो ओभर बलिङ गर्न इनिङको १६ औं ओभरमा आए । यो ओभरमा उनले इयोन मोर्गन र आन्द्रे रसेल दुवैलाई आउट गराए र केवल २ रन मात्र दिए । त्यो २ रन पनि एक रन निखिल नाइक र अर्को एक रन बलर प्याट कमिन्सले लिएका थिए । आफ्नो कोटाको तेस्रो ओभर सकिँदासम्म बुमराहले ३ ओभरमा मात्रै ५ रन दिएर २ विकेट लिएका थिए । तर, उनको यो किफायती र घातक बलिङको धज्जी त्यतिबेला उड्यो जब उनी आफ्नो चौथो ओभर लिएर आए ।

आफ्नो चौथो ओभर बलिङ गर्न बुमराह इनिङको १८ औं ओभरमा आएका थिए । बुमराहले बलिङ सुरु गर्दा प्याट कमिन्स स्ट्राइकमा थिए । कमिन्स बलर हुन् र उनले तुफानी ब्याटिङ गर्ने धेरैलाई अपेक्षा थिएन । तर, कमिन्सले बुमराहको बलको धज्जी उडाए । कमिन्सले बुमराहको ओभरको पहिलो, तेस्रो, पाँचौं र छैटौं बलमा गरी ४ छक्का प्रहार गरे । चौथो बलमा २ रन र एक वाइड समेत गरी बुमराहले यो ओभरमा कूल २७ रन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.