केएल राहुलको सतकमा प्रिति जिन्टाको मुस्कान
काठमाडौं । युएईमा जारी आईपीएल २०२० को जारी सिजनमा पहिलो सतक प्रहार भएको छ । दुबईमा जारी किंग्स ११ पन्जाब र रोयल च्यालेन्जर्स बेङलोर बीचको खेलमा पन्जाबका कप्तान केएल राहुलले आईपीएल २०२० प्रतियोगिताको पहिलो सतक प्रहार गरेका हुन । उनले ६२ बलमा सतक पुरा गरेका हुन । खेलमा पन्जाबकी मालिक प्रिति जिन्टा खेल हेर्न तथा खेलाडीहरुलाई समर्थन गर्न मैदानमै पुगेकी छन ।
टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर २०६ रन बनाएको छ । पन्जाबका कप्तान केएल राहुलले ७ छक्का र १४ चौंकाको मद्दतमा ६९ बलमा अविजित १३६ रन प्रहार गरे । पन्जाबका अन्य ब्याटसम्यानहरुमा मयंक अग्रवालले २६, निकोलोस पुरन १७ र ग्लेन म्याक्सवेलले ५ रन बनाए । बलिङमा बेङलोरका शिवम दुबेले २ तथा यजबेन्द्र चाहलले १ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment