विराट कोहलीले लगातार २ पटक गरे एउटै गल्ती, चुकाउनुपर्‍यो यति कठोर मूल्य

डिसी नेपाल
८ असोज २०७७ २१:५३

काठमाडौं। इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान जिराट कोहलीले बिहीबार राती भइरहेको किंग्स ११ पंजाबविरुद्धको खेलमा एउटै गल्ती लगातार २ पटक गरे । उनले यो गल्तीको निकै कठोर मूल्य चुकाउनु परेको छ । कोहलीबाट यो गल्ती १७ औं ओभरको अन्तिम बल र १८ औं ओभरको अन्तिम बलमा भयो ।

१७ औं ओभरको अन्तिम बलमा विपक्षी टिम पंजाबका कप्तान लोकेश राहुलले हानेको बल कोहलीको हातमै आएको थियो तर उनले त्यो बल क्याच गर्न सकेनन् र राहुल बचे । त्यतिबेला पंजाबको स्कोर ३ विकेटको क्षतिमा १४५ रन थियो । लोकेश राहुल ५५ बलमा ८३ रन बनाएर खेलिरहेका थिए । १८ औं ओभरमा राहुलले १ चौकासहित ५ रन र करुण नायरले पनि १ चौकासहित ५ रन बनाए ।

राहुल ५९ बलमा ८९ रन बनाएर खेलिरहेका बेला १८ औं ओभरको अन्तिम बलमा पनि कोहलीले राहुलकै क्याच छोडे । त्यतिबेला पंजाबको स्कोर ३ विकेटको क्षतिमा १५६ रन थियो । कोहलीको यो गल्तीको उनको टिमले ठूलो मूल्य चुकाउनुपर्यो । बाँकी २ ओभरमा राहुलले ५ छक्का र ३ चौकासहित ४२ रन बनाए र आफ्नो व्यक्तिगत स्कोर१३२ रन पुर्याए । यसमा करुण नायरको ७ रनसहित टिमको स्कोर २०६ पुग्यो । अन्तिम २ ओभरमा मात्र पंजाबले ४९ रन जोडेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.