बार्सिलोना छोडेर सुआरेज एटलेटिको म्याड्रिडमा

डिसी नेपाल
८ असोज २०७७ २२:४३
4
Shares

काठमाडौं । उरुग्वेका फरवार्ड लुइस सुआरेजले बार्सिलोना छोडेका छन। सुआरेज अब स्पेनको अर्को शिर्ष क्लब एट्लिटिको म्याड्रिडका लागि खेल्छन्। म्याड्रिडले सुआरेजको स्थान्तरणको पुष्टि गरेको छ । क्लबले आफ्नो बयानमा भन्यो, “बार्सिलोना र एटलेटिको म्याड्रिड बीचमा एउटा सम्झौता भएको छ, जस अन्तर्गत लुइस सुआरेज हस्तान्तरण भएका हुन। यस स्थानान्तरणको बदलामा एटलेटिकोले बार्सिलोनालाई ६० लाख युरो भुक्तान गर्नेछ।”

सुआरेज गत ६ बर्षदेखी बार्सिलोनामा आवद्व रहेका थिए । यस अवधिमा सुआरेजले क्लबका लागि २८३ खेलमा १९८ गोल गरेका छन । सुअरेजले २०१४ मा लिभरपुल छोडेर बार्सिलोना आएका थिए। छ वर्षमा सुआरेजले बार्सिलोनासँग चार ला लिगा शीर्षक, चार कोपा डेर रे शीर्षक, एउटा च्याम्पियन्स लिग र एउटा क्लब विश्व कपको उपाधि जितेका छन ।

यसैबीच टोलीमा सामेल हुनु अघि सुआरेजको मेडिकल परिक्षण हुने र सबै योग्यता पूरा गरेपछि मात्र उनी क्लबका लागि खेल्ने अवसर पाउने एटलेटिकोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.