केएल राहुलका अगाडि आरसीबी फेल, आरसीबीको पूरै टिमले बनाउन सकेन राहुले बनाएको जति रन
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको छैटौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरको पूरै टिमले विपक्षी टिम किंग्स एलेभन पञ्जावका कप्तान केएल राहुलले बनाएको जति रन पनि बनाउन सकेन।
टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको पञ्जावका लागि कप्तान राहुलले ६९ बलमा नटआउट १३२ रन बनाउँदा टिमले २०६ रन बनायो। २०७ रनको लक्ष्य पछ्याएको विराट कोहलीको आरसीबी १७ ओभरमा १०९ रन बनाउँदा अल आउट भयो।
विराट कोहली, एबीडी भिलर्स र एरोन फिच्न जस्ता स्टार ब्याट्सम्यान रहेको आरसीबी पञ्जावको स्पीन आक्रमण अगाडि टिक्न सकेन र राहुलले बनाएको रनभन्दा पथि थोरैमा अलआउट भयो। दोस्रो खेलमा पञ्जावले पहिलो जित हात पार्यो भने दुई खेल खेलेको आरसीबी पहिलो खेलमा हार व्यहोर्यो।
पञ्जावको जितमा ब्याटिंगमा राहुलले उत्कृष्ट इनिंग्स खेले भने बलिंगतर्फ लेग स्पीनर रवि बिस्नोइले ३ विकेट लिए। यस्तै अर्का स्पीनर मुरंगा आश्विनले पनि ३ विकेट लिए।
आरसीबीले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो भने पञ्जाव पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो।







डिसी नेपाल








Facebook Comment