धोनीको टोलीलाई ठुलो झड्का, रायुडू टिम बाहिर
काठमाडौं । क्याप्टेन कुल धोनीको टोली चेन्नई सुपर किंग्स (सीएसके) लाई ठुलो झड्का लागेको छ । शुक्रवार हुने दिल्ली क्यापिटल्स बिरुद्वको खेलमा सीएसकेका स्टार खेलाडी अम्बाती रायुडू टोली बाहिर भएका छन । राजस्थान रोयल्स (आरआर) बिरुद्वको खेलमा पनि रायुडू सुरुवाति ११ मा थिएनन । सीएसके व्यवस्थापकले रायुडू गम्भिर चोटका कारण टोलीमा नपरेको जनाएको छ ।
सीएसकेका सीईओले भने, “रायुडूले हेमस्ट्रिंग इन्जुरीको सामना गरिरहेका छन, उनले दिल्लीसँगको खेल पनि खेल्ने छैनन । त्यसपछि उनी अन्य खेलहरु खेल्न तयार हुनेछन ।” दिल्लीसंगको खेलपछि सीएसकेको एक हप्ता पछि अर्थात २ अक्टुबरमा मात्र खेल रहेको छ । सीएसकेले पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । मुम्बईसँगको खेलमा रायुडूले उत्कृष्ट प्रदर्शन गर्दे ७१ रन बनाएका थिए । उक्त खेलमा रायुडू म्यान आफ द म्याच भएका थिए ।







डिसी नेपाल








Facebook Comment