लण्डनमा अभियुक्तलाई बन्दूकसहित हिरासतमा थुनियो, चौकीभित्रै पुलिस अधिकारीको हत्या
काठमाडौं। दक्षिणी लण्डनको एक पुलिस स्टेशनमा शुक्रबार बिहानै उक पुलिस अधिकारीलाई पुलिस स्टेशनभित्रै गोली हानेर मारिएको छ । हिरासतमा राख्नका लागि ल्याइएका एक अभियुक्तले आफूसँग भएको बन्दूक निकालेर ती पुलिस अधिकारीलाई गोली हानेका थिए । ती अभियुक्तलाई केही मिनेटअघि मात्र पक्राउ गरेर त्यहाँ ल्याइएको थियो ।
द सनको रिपोर्टअनुसार पुलिसले पक्राउ गरिसकेपछि २३ वर्षका ती अभियुक्तको शरीरमा खानतलासी पनि गरेका थिए तर उनीहरुले उनीसँग भएको बन्दूक भेटेका थिएनन् । थुनामा राखिएपछि उनले त्यही लुकाएको बन्दूक निकालेर गोली हानेका हुन् । क्रोइडोन कस्टडी सेन्टरमा गोली लागेका ती पुलिस अधिकारीलाई सहकर्मीले प्राथमिक उपचारपछि अस्पताल पुर्याएका थिए जहाँ उनलाई मृत घोषणा गरिएको हो ।
ती अभियुक्तले पुलिस अधिकारीलाई गोली हानेपछि आफूलाई पनि टाउकोमा गोली हानेका थिए । उनलाई पनि अस्पताल लगिएको छ र उनी गम्भीर अवस्थामा छन् । घटनाबारे जाँच सुरु गरिएको छ । जाँचमा क्रोइडोन टाउन सेन्टरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका ती अभियुक्तको साथमा रहेको बन्दूक उनको खानतलासी गर्दा कसरी छुट्यो भन्ने विषयमा विशेष खोजी गरिनेछ ।







डिसी नेपाल








Facebook Comment