ललितपुर महानगर र गोदावरी नगरपालिकाका मेयरमा कोरोना पुष्टि

डिसी नेपाल
९ असोज २०७७ १८:३८

काठमाडौं । ललितपुर जिल्लाका दुई मेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनमा कोरोना संक्रमण पुष्टि भएको हो।

उपत्यका नगरपालिका फोरमले एक विज्ञप्ती जारी गर्दै दुई जना मेयरलाई कोरोना पुष्टि भएको जनाएको छ। यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनकी धर्मपत्नी गङ्गामायालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको राससले लेखेको छ ।

राससका अनुसार यही असोज ६ गते उनिहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन दम्पती होम आइसोलेसनमा रहेका छन् । आफूहरुलाई गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनिहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराए ।

यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यमा समेत कोरोना संक्रमण देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.