बेलायतले विश्व स्वास्थ्य संगठनलाई ठूलो रकम दिने, अमेरिकाले रोकेको रकमको भरपाइ हुने

डिसी नेपाल
१० असोज २०७७ १७:२७

काठमाडौं। बेलायतले विश्व स्वास्थ्य संगठनलाई ठूलो रकम अनुदानस्वरुप दिने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि बेलायतले विश्व स्वास्थ्य संगठनलाई दिने रकममा वृद्धिको घोषणा गर्ने तयारी गरेका छन् । जोनसनले संयुक्त राष्ट्रसंघको जारी विश्व सम्मेलनमा यो घोषणा गर्ने तयारी भइरहेको बेलायती अखबार द गार्डियनले लेखेको छ

रिपोर्टअनुसार जोनसनले विश्व स्वास्थ्य संगठनलाई दिने रकममा ३० प्रतिशत वृद्धिको घोषणा गर्न लागेका छन् । अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग भएपछि यदि जोनसनको यो घोषणा कार्यान्वयन भयो भने बेलायत विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै अनुदान दिने मुलुक बन्नेछ । संयुक्त राष्ट्रसंघको सम्मेलनमा अनुदानको घोषणा गर्नुका साथै जोनसनले कोरोनाभाइरसविरुद्ध अन्तर्राष्ट्रिय स्तरको यो युद्धमा देखिएका कमीहरुलाई सुधार गर्न अपिल पनि गर्नेछन् ।

कोरोनाको संकटको समयमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमाथि चीनको प्रभावमा भ्रष्ट भएको आरोप लगाउँदै आफू संगठनबाट अलग्गिएको थियो । विश्व स्वास्थ्य संगठनले अमेरिकाबाट सबैभन्दा धेरै अनुदान पाउँथ्यो । यदि बोरिस जोनसनले डब्लुएचओलाई दिइने रकम ३० प्रतिशत बढाउने घोषणा गरे भने बेलायतले आगामी ४ वर्षसम्म डब्लुएचओलाई वार्षिक ३४० मिलियन पाउण्ड दिनेछ ।

यद्यपि यसको बदलामा बेलायती प्रधानमन्त्रीले डब्लुएचओसँग कुनै विशेष शक्ति पनि माग्न सक्छन् ताकि विश्वभरका देशहरुसँग बेलायतले कोरोनासँग लड्ने तरिकाहरुबारे सीधा रिपोर्ट माग्न सकोस् । यो अनुदान दिने घोषणापछि बेलायत डब्लुएचओलाई सबैभन्दा धेरै अनुदान दिने देश बने पनि लामो समयसम्म कायम नरहन पनि सक्छ । यदि अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भए भने अमेरिका पुनः विश्व स्वास्थ्य संगठनमा फर्किएर उसलाई अनुदान दिन सुरु गर्न सक्छ । यसो भएमा अमेरिका नै शीर्षमा रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.