अस्ट्रेलियाकी अलिशा हिलीले एकैपटक तोडिन् महेन्द्र सिंह धोनीका २ विश्वरेकर्ड

डिसी नेपाल
११ असोज २०७७ १४:५७
4
Shares

काठमाडौं। विकेटकिपरको रुपमा भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले बनाएका २ विश्वरेकर्ड तोडिएका छ । अस्ट्रेलियाको महिला टोलीकी विकेटकिपर अलिशा हिलीले यी दुवै रेकर्ड तोडेकी हुन् । अलीशाले न्यूजिल्याण्डविरुद्ध भएको टि–२० सिरिजको दोस्रो खेलमा धोनीका रेकर्ड तोडेकी हुन् । अब अलिशा टि–२० अन्तर्राष्ट्रिय खेलमा महिला र पुरुष दुवैतर्फ सबैभन्दा धेरै आउट गराउने विकेटकिपर बनेकी छिन् ।

यसअघि विकेटकिपरको रुपमा सबैभन्दा धेरै आउट गराएको रेकर्ड महेन्द्र सिंह धोनीको नाममा थियो । उनले क्याच र स्टम्पिङ गरी ९१ शिकार गरेका थिए । धोनीले कूल ५७ क्याच र ३४ स्टम्पिङ गरेका थिए । अलिशाले न्यूजिल्याण्डकी ब्याट्सवुमन लरेन डनको क्याच लिएर ९२ औं शिकार गरेकी छिन् । अलिशाले कूल ५० स्टम्पिङ र ४२ क्याच लिएकी छिन् ।

यतिमात्र होइन हिलीले विकेटकिपरको रुपमा सबैभन्दा धेरै टि–२० अन्तर्राष्ट्रिय खेल खेलेको धोनीको रेकर्ड पनि तोडेकी छिन् । हिलीको यो ९९ औं टि–२० अन्तर्राष्ट्रिय खेल थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनीले ९८ टि–२० अन्तर्राष्ट्रियमा भारतको तर्फबाट विकेटकिपरको रुपमा खेलेका छन् । स्मरण रहोस् हिली अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्ककी पत्नी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.