गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील

डिसी नेपाल
११ असोज २०७७ १६:१७

काठमाडौँ । बिगत १४ दिनदेखि चिकित्साशिक्षा क्षेत्र सुधारकालागि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुले सरकारसँग अपील गरेका छन्।

भदौं २९ मा जुम्लाबाट १९ औं अनशनथालेका डा. केसीको स्वास्थ्यअवस्था दिनप्रतिदिन कमजोर भएको र कुनै पनिदिन परिस्थितिगम्भीर बन्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

विभिन्न सरकारका समयमा पटक पटकगरिएका सम्झौंताको पूर्ण कार्यान्वयन नगरिँदा फेरी अनशन जस्तो कठोर बाटो अपनाउनबाध्यभएको डा. केसीले बताउँदै आएका छन् ।

आइतबार विज्ञ्यीप्ती निकालेर उनिहरुले डा. केसीको गिर्दो स्वास्थ्यअवस्थालाई ख्याल गरी तत्कालै उनको जीवन रक्षा र उनले उठाएका मागहरु सम्बोधनगर्नकालागि सरकारसँग अपील गरेका छन्।

‘पटक पटक आमरण अनशन बसिरहेका डा. केसीको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्कातिर हालको कोरोनामहामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ ।
१४ दिनअघिजुम्लाको चन्दननाथनगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनशनथाल्नु भएका डा. केसीको स्वास्थ्यअवस्थात्यहीं कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्यजान्दाजान्दै, अर्को एक साताबित्दासम्मपनि सरकारले चासो नदिएकामाहामीचिन्तित बनेका छौं।’ विज्ञ्यीप्तीमा भनिएको छ।

अपीलकर्ताहरुमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश सुशीलाकार्की, पूर्वसभामुखएवं मानवअधिकारवादी दमननाथढुगांना,त्रि. वि.का पूर्व उपकुलपति प्रा.डा. केदारभक्तमाथेमा लगायत ३३ जना रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.