क्यानको वर्गीकरणमा असन्तुष्ट खेलाडीले राखेप गुहारे
काठमाडौं। क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
सीप्यानले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष वर्गीकरणमा बिषयमा खेलाडीको अनुरोधका आधारमा निर्णय पुनर्विचार गर्न ध्यानकर्षण गराएको हो ।
सीप्यानले खेलाडीको वर्गीकरणमा थप प्रष्टता आवश्यक देखिएको भन्दै वर्गीकरणलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्न आवश्यक रहेको बताएको छ। उसले वर्गीकरणलाई तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र बैज्ञानिक बनाउनुपर्ने आवश्यकता औल्याएको हो।
सीप्यानले क्रिकेटलाई व्यवसायीक बनाउन खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाउनुपर्ने र खेलाडीको उच्च मनोबल बनाउन आवश्यकता रहेको उल्लेख गर्दै विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएको छ।
यस्तै, पुरुष तथा महिला क्रिकेट खेलाडीको जीवन तथा दुर्घटना बीमाका दायरालाई फराकिलो बनाउँदै सो कार्यको यथासक्य चाँडो कार्यान्व्यनको अपेक्षा सीप्यानले गरेको छ।
असोज ६ गते भरतपुरको चितवनमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रिय सम्झौता दिएको थियो। तर वर्गीकरण बैज्ञानिक नभएको भन्दै क्यानको चौतर्फी विरोध भएको थियो।








डिसी नेपाल








Facebook Comment