चीनको लागि जासुसी गरेको अभियोगमा भारतले पक्राउ गरेका नेपाली न्यायिक हिरासतमा

डिसी नेपाल
१२ असोज २०७७ १३:४४

काठमाडौं। चीनको लागि जासुसी गरेको आरोपमा पक्राउ परेका एक नेपालीलाई भारतको नयाँ दिल्लीको पटियाला हाउस अदालतले न्यायिक हिरासतमा पठाएको छ । स्वतन्त्र पत्रकार राजीव शर्मा, चिनियाँ नागरिक किंग शी र नेपाली नागरिक राज बोहरा भनिने शेर सिंहलाई आइतबार अदालतले न्यायिक हिरासतमा पठाएको हो ।

डिएनए इण्डियाको रिपोर्टअनुसार उनीहरुलाई यसअघि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय आइतबार बेलुकी सकिँदै थियो । यसअघि आइतबार बेलुकी पौने १० बजे उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो । पत्रकार राजीव शर्मालाई सेप्टेम्बर १४ मा पक्राउ गरिएको थियो । त्यसको भोलिपल्ट उनीविरुद्ध सरकारी गोप्यतासम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गराइएको छ । उनीमाथि चिनियाँ गुप्तचर एजेन्सीको लागि काम गरेको अभियोग छ । चिनियाँ नागरिक र उनका नेपाली सहयोगमिाथि शर्मालाई सूचना दिएजापत ठूलो रकम भुक्तानी गरेको अभियोग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.