आइपिएलः राजस्थानले अघिल्लो दिन बनाएको रेकर्ड भोलिपल्टै मुम्बइले तोडिदियो

डिसी नेपाल
१३ असोज २०७७ १३:२१
4
Shares

आइपिएलको जारी सिजनमा कैयौं नयाँ रेकर्ड बनिरहेका छन् । तर सोमबार राती भएको खेलमा एउटा रेकर्ड तोडियो जुन रेकर्ड २४ घण्टाअघि मात्रै बनेको थियो । आइतबार राती रन चेज गर्ने क्रममा राजस्थान रोयल्सले अन्तिम ५ ओभरमा ८६ रन बनाएर नयाँ रेकर्ड बनाएको थियो ।

यसअघि अन्तिम ५ ओभरमा सर्वाधिक रनको रेकर्ड चेन्नइ सुपरकिंग्सको नाममा थियो । चेन्नइले २०१२ मा राजस्थान रोयल्सविरुद्ध अन्तिम ५ ओभरमा ७७ रन बनाएको थियो । राजस्थानले आइतबार यो रेकर्ड तोडेर नयाँ रेकर्ड बनाए पनि त्यो रेकर्ड २४ घण्टा पनि टिकेन । २४ घण्टाभित्रै मुम्बइ इण्डियन्सले गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ८९ रन बनाएर नयाँ रेकर्ड बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.