जो बिडेनको ड्रग टेस्ट गर्न डोनाल्ड ट्रम्पको माग

डिसी नेपाल
१३ असोज २०७७ १७:३५

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आसन्न चुनावमा आफ्ना प्रतिद्वन्द्वी जो बिडेनको ड्रग टेस्ट गर्न माग गरेका छन् । उनले मंगलबार हुने डिबेट भन्दा पहिले वा डिबेटपछि बिडेनको ड्रग टेस्ट गरिनुपर्ने बताएका हुन् । बिडेनमाथि आरोप लगाउँदै ट्रम्पले कैयौं सिलसिलेवार ट्वीट गरेका छन् । ट्रम्पले मतपत्रहरुका बारेमा पनि प्रश्न उठाएका छन् ।

जो बिडेनले भने ड्रग टेस्ट गर्न अस्वीकार गरेका छन् । ट्रम्पले ट्वीट गर्दै भनेका छन् – जो बिडेनले भनेका छन् कि उनी ड्रग टेस्टको लागि तयार हुने छैनन् । मलाई यो कुरामा आश्चर्य छ कि उनले यस्तो किन गरेका छन् । यसका अलावा ट्रम्पले लेखेका छन् कि राज्यलाई फिर्ता दिइने मतपत्रको सही गणना गर्न सकिने छैन । कैयौं कुराहरु पहिलेदेखि नै निकै गलत भइरहेका छन् । ट्रम्पले आफ्नो करबारे चलिरहेका मिडिया रिपोर्टलाई पनि खारेज गर्दै आफूले कैयौं मिलियन डलर तिरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.