एयर बबलमा कुरा नमिलेपछि लुफथान्सा एयरलाइन्सको भारतका लागि सबै उडान रद्द
काठमाडौं। जर्मनीको लुफ्थान्सा एयरलाइन्सले भारतका लागि आजदेखि एयर बबल अन्तर्गत संचालन गर्ने तय भएका सबै उडान रद्द गरिएका छन् । भारत र जर्मनीबीच एयर बबलका विषयमा कुरा नमिलेपछि लुफ्थान्साका सबै उडान रद्द भएका हुन् । यसअघि लुफ्थान्साले सेप्टेम्बर ३० बुधबारदेखि अक्टोबर २० सम्म भारतका लागि उडान तय गरेको थियो । एयर बबल दुई देशबीच हुने एक किसिमको सम्झौता हो जसमा दुई देशका एयरलायन्सले निश्चित सुरक्षा मापदण्ड अपनाएर उडान संचालन गर्छन् ।
लुफ्थान्साले उडार रद्द गरेको विषयमा ‘भारतीय अधिकारीले उसको उडानलाई अप्रत्याशित रुपमा अस्वीकृत गरेको’ बताएको छ । उसले जर्मनीले दुई देशबीच अस्थायी यात्रा सम्झौताको लागि गरेको आमन्त्रण भारतले अस्वीकार गरेको बताएको छ । एक भारतीय अधिकारीले टाइम्स अफ इण्डियालाई बताएअनुसार जर्मनी र भारतबीच एयर बबल सम्झौता गएको जुलाइमा भएको थियो । उनका अनुसार अहिले भारतीय एयरलाइन्सले जर्मनीका लागि ३ देखि ४ उडान संचालन गर्दा लुफ्थान्साले हप्तामा २० उडान संचालन गर्न पाउने थियो । भारतले लुफ्थान्सालाई हप्तामा ७ उडानको प्रस्ताव गरेकोमा उसले अस्वीकार गरेको ती भारतीय अधिकारीले बताए ।







डिसी नेपाल








Facebook Comment